१ भदौ २०८३, सोमबार | August 17, 2026

समानुपातिक मतगणना जारी : प्रतिनिधिसभामा कुन दलको कति मत ?



आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ ।

निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले पाँच लाख ५५ हजार आठ सय ३२ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पाँच लाख २९ हजार नौ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या दुई लाख ८६ हजार दुई सय १६ रहेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)को दुई लाख ५७ हजार ४९ रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एक लाख ५४ हजार दुई सय ३१, जनता समाजवादी पार्टी नेपालको ६६ हजार छ सय ८८, नेपाल मजदुर किसान पार्टीको ५१ हजार दुई सय ३६, जनमत पार्टीको ४५ हजार छ सय ४१, नागरिक उन्मुक्ति पार्टीको ३८ हजार सात सय २४, नेकपा (एकीकृत समाजवादी)को ३६ हजार चार सय सात, लोकतान्त्रिक समाजवादी नेपालको ३१ हजार आठ सय ८६, हाम्रो नेपाली पार्टीको २१ हजार सात सय ३० मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ३ : ०९ बजे

भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट