१९ बैशाख २०८१, बुधबार | May 2, 2024

समानुपातिक मतगणना जारी : प्रतिनिधिसभामा कुन दलको कति मत ?



आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ ।

निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले पाँच लाख ५५ हजार आठ सय ३२ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पाँच लाख २९ हजार नौ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या दुई लाख ८६ हजार दुई सय १६ रहेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)को दुई लाख ५७ हजार ४९ रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एक लाख ५४ हजार दुई सय ३१, जनता समाजवादी पार्टी नेपालको ६६ हजार छ सय ८८, नेपाल मजदुर किसान पार्टीको ५१ हजार दुई सय ३६, जनमत पार्टीको ४५ हजार छ सय ४१, नागरिक उन्मुक्ति पार्टीको ३८ हजार सात सय २४, नेकपा (एकीकृत समाजवादी)को ३६ हजार चार सय सात, लोकतान्त्रिक समाजवादी नेपालको ३१ हजार आठ सय ८६, हाम्रो नेपाली पार्टीको २१ हजार सात सय ३० मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ३ : ०९ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका