१३ जेष्ठ २०८१, आइतबार | May 26, 2024

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित भएका छन । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म पाँच मन्त्री पराजित भएका छन भने तीन मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा क्षेत्र नं १ बाट १२ हजार चार सय ३२ मतान्तरसहित विजयी भएका छन । उनले २५ हजार पाँच सय ३४ मत प्राप्त गरेका छन । निकटम् प्रतिद्वन्द्वी स्वन्तन्त्र उम्मेदवार सागर ढकालले १२ हजार ४२ मत प्राप्त गरे ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम निर्वाचन क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मतसहित विजयी भए । उनले एमालेका झपट बोहोरालाई चार हजार चार सय ८९ मतान्तरले पराजित गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू २८ हजार पाँच सय १५ मतसहित दार्चुला क्षेत्र नं १ बाट विजयी भएका छन । उनका निकटम् प्रतिद्वन्द्वी एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार तीन सय ८१ मत प्राप्त गरे ।

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम क्षेत्र नं १ बाट निर्वाचित भएका छन । उनले ३९ हजार पाँच सय ४९ मत प्राप्त गरे । सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ निर्वाचन क्षेत्र नं १ बाट पाँच हजार ८३ मतान्तरसहित विजयी भएका छन । उनले एमालेका शान्ता चौधरीलाई पराजित गरे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बागलुङ २ बाट २४ हजार सात सय ७९ मतसहित विजयी भएका छन ।

गत आइतबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना केही स्थानमा अझै जारी छ । परराष्ट्र मन्त्री डा नारायण खड्काले उदयपुर क्षेत्र नं १ मा १४ हजार दुई सय ४१ मतसहित अग्रता कायम गरिराखेका छन । हालसम्म गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले पछाडि छन ।

रुपन्देही ३ बाट उम्मेदवार बनेका गृहमन्त्री खाणले ३१ हजार ६ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपक बोहोराले ३२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन । यस्तै सुनसरी ४ बाट उम्मेदवार बनेका सञ्चारमन्त्री कार्की एक सय एक मतसहित पछाडि छन । मन्त्री कार्कीले १९ हजार सात सय नौ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियतले १९ हजार आठ सय १० मत प्राप्त गरेका छन ।

यसपटकको निर्वाचनमा पाँच मन्त्रीले पराजय बेहोर्नु परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकूद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचनमा पराजित भएका छन ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ४९ बजे

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १० औंँ स्थानमा

काठमाडौं । नेपाल भू-बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं। महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक

तराईमा केहीदिन अत्याधिक गर्मीको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू-भागहरूमा अत्याधिक

विश्वप्रकाशको आरोप – महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था बन्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय

अचाक्ली गर्मी बढेपछि नेपालगन्ज उपमहानगरले दियो ४ दिन विद्यालय बिदा

नेपालगन्ज । नेपालगन्जमा अत्याधिक गर्मी सहित तातो हावा लु चलेपछि