६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध 



सिरहा । गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगामुढा र कुटपिटको विरुद्धमा सर्वसाधारणले सडक अवरुद्ध गरेका छन् ।

सिरहा ३ बाट निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहित सहभागी विजय र्यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ प्रतिद्वन्द्वी विश्वनाथ साह र उनका दाजु देवनाथको घरमा ढुङ्गामुडा गरेका थिए । यसै घटनाको विरोध गर्दै दोषीलाई कारवाहीको मागसहित आज गोलबजार बन्द गरेर सडक अवरुद्ध गरेका हुन् ।

एमाले कार्यकर्ताले गोलबजार नपा–४ स्थित घरमा ढुंगामुढा गरेका थिए । उनीहरूले एक जनालाई कुटपिट समेत गरेको स्थानीयको भनाइ छ । यही कारण आज बिहानैदेखि स्थानीय र माओवादी नेता कार्यकर्ताले गोलबजार बन्द गरि सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध गरेपछि यहाँ अवस्था तनावग्रस्त बनेको छ ।

एमाले कार्यकर्ताहरूले ढुंगामुढा गर्दै घरको झ्यालको सिसा फुटाएका थिए । त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाइदिका छन । विरोधस्वरुप स्थानीय र माओवादी कार्यकर्ताले आज बजार बन्द गर्नुका सथै पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्डमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

टाउको फुटेर घाइते भएका साहको गोलबजारस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सडक अवरुद्धका कारण पूर्वमा–पश्चिम राजमार्गको गोलबजार क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ ।

माओवादी कार्यकर्ता तथा स्थानीयले उक्त घटनाको विरोधमा शुक्रबार साँँझ पनि तीन घण्टा पूर्व९पश्चिम अवरुद्ध गरेका थिए । पछि प्रहरीले खुलाएको थियो । एमालेका श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै निर्वाचित भएका छन् । सोही जितको उन्मादमा ढुंगामुढा गरेको माओवादी केन्द्र जिल्ला कमिटीको आरोप छ ।

सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सडक खुलाउने विषयमा वार्ता भइरहेको बताए । उनले अहिले नै धेरै कुरा बताउने अवस्था नगरहेको भन्दै अवरुद्ध सडक तथा बन्द बजार चाँडै खुल्ने जानकारी दिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ३ : ०५ बजे

झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती

स्याङ्जा । स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

बागलुङ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार

परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प

झापा । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ