१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सेतो बस्त्र लगाएकी युवतीले किन फ्याँकिन सर्वोच्चको गेट अगाडि रातो रङ ?



काठमाडौं । सर्वोच्च अदालतको गेट अगाडि रातो रंग फ्याँक्ने एक युवती तत्कालै प्रहरी नियन्त्रणमा परेकी छिन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला न्याय माग्न पुगेकी विनु यादव सर्वोच्च अदालतकै गेटबाट प्रहरीको नियन्त्रणमा परेकी छन् ।

पतिबाट आफूमाथि हिंसा भएको र त्यसविरुद्ध न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित मंगलबार उनी सर्वोच्च अदालत पुगेकी थिइन् । तर, ट्याक्सीबाट ओलिर्नेवित्तिकै सुरक्षाकर्मीको घेरामा परेकी उनले आफू बोकेर गएको रातो रंग सर्वोच्च अदालतको गेटमा फ्याँकिन् । घोलिइरहेको रातो रंग गेटमा पोखेकी उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।

आफूमाथि भएको हिंसा र न्याय नपाएको विरोधमा रातो रंग फ्याँकेकी उनले प्रहरीको गाडीभित्रबाट कराइन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’

उनले भनेजस्तै ३१औं अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १३ दिने अभियान संसारभर चलिरहेको छ । तर, दैनिकजसो महिला हिंसामा परेको, हत्या भएको, न्याय नपाएको घटना सार्वजनिक भइरहेका छन् ।

न्यायकै लागि सर्वोच्च अदालत पुगेकी सिरहाकी विनु प्रहरी नियन्त्रणमा परेकी हुन् । प्रहरीले नियन्त्रणमा लिन थालेपछि उनले चिच्याउँदै भनिन्, ‘‘मलाई न्याय चाहियो ।’

उनको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । तर, न्यायका लागि भन्दै उनी सडक संघर्षम उत्रिन थालेकी छन् ।
केही महिनाअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी उनले आफूमाथि पतिसहित घरपरिवारबाट  शारीरिक र मानसिक रुपमा हिंसा भएको बताउँदै आएकी छन् । काका ससूरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको उनको आरोप छ ।

विनुसँगै ज्यास्मिन ओझालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १ : ०९ बजे

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का