१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बारामा तेलहन खेती बढ्यो



कलैया । यस वर्ष बारामा तेलहन खेतीका क्षेत्रफल वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ३० हेक्टर क्षेत्रफल अर्थात् किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् । गत वर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको थियो ।

केन्द्रका प्रमुख जितेन्द्र यादवले तेलहन बालीको उपादकत्वमा विगतका केही वर्षदेखि प्रतिहेक्टर एक मेट्रिक टन उत्पादन हुने गरेको बताए । उनका अनुसार विसं २०७२/७३ मा भने प्रतिहेक्टर एक दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो । विसं २०७३ देखि २०७७ सम्ममा कृषकले ११ हजारदेखि १२ हजार हेक्टर क्षेत्रफलमा खेती गरिँदै आए पनि उत्पादकत्वमा भने उलेख्य सुधार नभई वृद्धिमा कमी हुँदै आएको थियो ।

गुणस्तरीय बीउको उत्पादन नहुनु, कृषकले आफ्नै घरमा रहेको बीउको प्रयोग गर्नु, समयमा मलखाद चाहिने जति प्रयोग नगर्नुजस्ता कारणले पनि उत्पादकत्वमा कमी आएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ०९ बजे

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि