३१ श्रावण २०८३, आइतबार | August 16, 2026

डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन


२२ मंसिर २०७९, बिहिबार  

351
Shares

तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन ।

नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ ।

त्यस्तै, मङ्गलबार मात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन ‘रिफिल’ गर्न योग्य रहेको प्रमाणित भइसकेको छ । रिफल गर्न योग्य भएको कुरा एक हप्ताअघि नै नेपाल वायुसेवा निगमलाई जानकारी पनि गराइएको छ । तर, पनि जहाजमा ‘रिफिल’ गर्न सकिएको छैन ।

नेपाल वायु सेवा निगम दाङका स्टेसन म्यानेजर महेन्द्र शर्माका अनुसार निगमका दुईवटा जहाज एकैपटक ‘ग्राउन्डेड’ हुँदा हवाई सेवा नियमित भएको छैन ।

मङ्सिर महिनामा १७ गते शनिबार मात्रै हवाई उडान भयो । त्यसअघि र त्यसपछि जहाज नै आएको छैन । शनिबार आउँदा ‘डकुमेन्ट’का कुराहरु नमिल्दा रिफिल गर्न नसकिएको उनले बताए । उनका अनुसार अबको केही दिनमा नियमित हवाई सेवा सूचारु हुने र रिफिलको काम हुनेछ ।

उक्त डिपोमा ३० हजार लिटर र बाउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ । एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभावकारी हुनेछ । यसअघि, काठमाडौंबाटै इन्धन लिएर आउनुपर्ने अवस्था थियो । त्यसले गर्दा केही सिट काठमाडौंबाट खाली ल्याउनुपर्ने अवस्था थियो । त्यसले पनि हवाई भाडा महँगो हुँदै आएको थियो ।

अहिले एयरपोर्टमा १९ सिटे टुइनअटर मात्रै बस्ने गरेको छ । एयरपोर्टको धावनमार्ग ७५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् ।

अहिले दाङ-काठमाडौं हवाई भाडा न्यूनतम रु आठ हजार ८१० छ भने अधिकतम रु १२ हजार ६६५ रहेको छ । काठमाडौंभन्दा दाङ आउँदा भने त्यसको रु २०० बढी हुन्छ । काठमाडौंमा यात्रु सेवाबापत ५०० रहेको, दाङमा ३०० रहेकाले काठमाडौंबाट दाङ आउँदा रु २०० बढी लाग्ने गर्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ७ : ३८ बजे

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका