६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

कालीकोटमा डोजर दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो



कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका-१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका-७ का २२ वर्षीय मिलन शाही रहेका छन् । दुर्घटनामा परी शाहीसहित तीन जना घाइते भएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

यस्तै, घाइते खाँडाचक्र नगरपालिका-११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । तीन जना अझै बेपत्ता रहेका छन् ।

बेपत्ता हुनेमा डोजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका-१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की रहेका छन् । फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ७ : ०३ बजे

लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ चयन

बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२६/०२७ को

प्राविधिक शिक्षामा युवाको आकर्षण बढाउन ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना हुँदै

बुटवल । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौं । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौं । अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे

सरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीइ दलका नेता हर्क साम्पाले