४ पुस २०८२, शुक्रबार | December 20, 2025

कालीकोटमा डोजर दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो



कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका-१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका-७ का २२ वर्षीय मिलन शाही रहेका छन् । दुर्घटनामा परी शाहीसहित तीन जना घाइते भएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

यस्तै, घाइते खाँडाचक्र नगरपालिका-११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । तीन जना अझै बेपत्ता रहेका छन् ।

बेपत्ता हुनेमा डोजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका-१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की रहेका छन् । फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ७ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको