२३ बैशाख २०८१, आइतबार | May 6, 2024

‘विश्व च्याम्पियन’ उपाधीका लागि अर्जेन्टिना र फ्रान्सबीच महाभिडन्त जारी



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिडिरहेका छन् । खेल जित्दै दुवै टोली विश्वकपको तेस्रो उपाधि जित्ने लक्ष्यमा छन् ।

विगतका केही वर्षयताको नतिजा र खेलाडीको प्रोफाइलका आधारमा विश्वकप सुरु हुनुभन्दा अघि केलियन एम्बाप्पेप्ररित फ्रान्सलाई अधिकांशले ब्राजिलपछि प्रमुख दाबेदार मानेका थिए । तर, दाबेदारीको पाँचौ स्थानमा रहेको लियोनल मेसीप्रेरित अर्जेन्टिना फाइनलमा पुगिसकको छ । अहिले आएर अर्जेन्टिनालाई दाबेदार मान्ने धेरै देखिएका छन् । विगतको इतिहास हेर्ने हो भने फ्रान्समाथि अर्जेन्टिना हाबी देखिएको छ । अर्जेन्टिना र फ्रान्स हालसम्म १२ पटक भिडेका छन् । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ भने फ्रान्सले तीनपटक मात्र नतिजा आफ्नो पक्षमा पारेको छ । यी दुईबीच भएका तीनवटा खेल भने बराबरीमा सकिएका छन् ।

अर्जेन्टिना र फ्रान्स विश्वकपमा तीनपटक भिडेका छन्, जसमा अर्जेन्टिना अगाडि छ । १९३० को पहिलो विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई १–० ले हराएको थियो । त्यसपछि विश्वकपको अर्को खेलमा पनि अर्जेन्टिना हाबी देखियो। १९७८ मा घरेलु मैदानमा भएको विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई २–१ ले हाराउँदै आफ्नो वर्चश्व कायमै राख्यो ।

तर, ४४ वर्षपछि फ्रान्सले यसको बदला लियो। चार वर्षअघि रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिना ४–३ ले हराएको थियो । यो खेल निकै रोमाञ्चक बनेको थियो । एक–अर्काले अग्रता उल्ट्याएका थिए । सो खेलमा फ्रान्सको तर्फबाट युवा सनसनी एम्बाप्पेले दुई तथा एन्टोइन ग्रिजमन र बेन्जामिन पाभार्डले एक–एक गोल गरेका थिए । सुपरस्टार मेसीले गोल गर्न सकेनन्, तर दुई असिस्ट गरेका थिए । अर्जेन्टिनाको तर्फबाट गाब्रियल मार्काडो, एंगेल डी मारिया र सर्जियो अग्वेरोले समान एक गोल गरेका थिए । औसत् टोली अर्जेन्टिनाले उत्कृष्ट टोली फ्रान्ससँग राम्रो प्रतिस्प्र्धा गरेको थियो । हो, आज अर्जेन्टिना फ्रान्ससँग भोगेको त्यही नमिठो हारको बदला दिँदै ३६ वर्षपछि विश्वकपको उपाधि जित्न चाहन्छ ।

अर्कोतिर फ्रान्स भने पुनः अर्जेन्टिनालाई स्तब्ध बनाउँदै आफ्नो तेस्रो उपाधि जित्न चाहन्छ । अर्जेन्टिना र फ्रान्स दुवै समान दुई पटकका विश्वविजेता हुन् । यसर्थ, आज राति विश्वकप जित्दै एक–अर्कालाई पछि पार्न चाहन्छन् ।

फाइनल खेल नेपाली समय ८ः४५ बजे दोहास्थित लुसाइल रंगशालामा भैरहेको छ । फाइनल खेल सुरु हुनुअघि आयोजक कतारले विश्वकपको भव्य समापन समारोह गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : ०३ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa