६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

आजको मौसम : वर्षा र हिमपातको सम्भावना



काठमाडौं । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसबाहेक विभिन्न पहाडी क्षेत्रमा बदलीको आकलन गरिएको छ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण महाशाखाले गरेको छ ।

आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : २६ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए