६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

मध्यपहाडी लोकमार्ग शहरमा झारेको भन्दै पोखरा महानगरविरुद्ध प्रदर्शन



पोखरा । लामो समय अन्योलमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको भैंसे–याम्दी खण्डको रुट टुंगिएको छ । आयोजनाले यसअघिको प्रस्तावित भैंसेबाट कसेरी हुँदै मनिपालबाट याम्दी जोड्ने रुटलाई संशोधन गरेर मौजा, अर्मला हुँदै याम्दीमा जोडेको हो । उक्त रुटको टेण्डर आह्वान समेत भैसकेको छ । साढे ३५ किलोमिटर उक्त खण्डमा करिव ४ अर्व खर्च हुने प्रश्ताव छ ।

तर, पोखरा १६ का बासिन्दाले रुट गलत मनसायबाट टुंग्याइएको भन्दै विरोध जनाएका छन् । स्थानीयको मर्मविपरित आयोजना अगाडि बढाएको भन्दै उनीहरुले पोखरा महानगरमा धर्ना दिएका छन् । स्थानीयलाई जानकारी नगराई पुनः रुट संशोधन गरेको भन्दै मध्येपहाडी लोकमार्ग सहरमा नझार्न उनीहरुको माग छ ।

माग पूरा गर्न स्थानीयले संघर्ष समिति नै बनाएका छ । माग सुनावाई नहुँदासम्म महानगरको कार्यालय अगाडी धर्ना दिने समितिका सचिव सन्दीप थापाले बताए । ‘राष्ट्रिय गौरवको आयोजना बन्दा स्थानीयलाई थाहा हुनुपर्छ कि पर्दैन रु सुटुक्क रेखांकन गरेर टेण्डर निकालिएको छ,’ उनले भने, ‘आयोजनाले जग्गाधनी, पर्यटकीय ठाउँ र स्कुललाई समेत वास्ता गरेको छैन । यसका विरुद्ध हामी निरन्तर संघर्ष गर्छौं ।’

आयोजनाबाट ब्यक्तिहरुको उठिबास लाग्ने र सुकुम्बासी बन्ने उनीहरुको गुनासो छ । लमजुङको सीमानादेखि भैंसेसम्म र याम्दीदेखि पर्वतको सीमाना नयाँपुलसम्म काम करिव अन्तिम चरणमा छ । भैंसेदेखि याम्दी खण्डमा भने रुट छनोटमा ढिलाई हुँदा काम अघि बढ्न नसकेको हो । सुरुमा भैंसेबाट लेखनाथ निकाल्ने प्रश्ताव थियो । त्यसपछि पनि विभिन्न ५ वटा रुटमा छलफल भयो । अन्ततः भैंसेबाट ज्याम्दु हुँदै आँटीघर निकालेर अर्मलाकोटबाट महेन्द्रगुफा र त्यहाँबाट याम्दी जोड्ने गरी मंसिर १४ गते टेण्डर प्रकाशन गरिएको हो ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १० : ३७ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए