२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

ठगी गरेको भन्दै भाटभटेनीलाई साढे दुई लाख जरिवाना



काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको भाटभटेनी सुपर मार्केटलाई उपभोक्ता ठगी गरेको आरोपमा साढे दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा रहेको अनुगमन टोलीले अनुगमनपश्चात सुपर मार्केटलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

अनुगमन टोलीले मंगलबार गरेको अनुगमनका क्रममा उपभोक्तालाई झुक्याएर ठगी गरेको पाइएपछि कारबाही गरिएको सहायक प्रजिअ कँडेलले बताए ।

भाटभटेनी सुपर मार्केटको हेटौँडा आउटलेटमा राखिएको उत्पादनको बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग मिति उल्लेख नगरिएको चिनी र पुनः प्याकिङ गरेका नुनका प्याकेटहरू बिक्रीका लागि राखिएको पाइएको उनले जानकारी दिए ।

टोलीले पुनः प्याकिङ गरिरहेको अवस्थामा उत्पादन र उपभोग मिति उल्लेख नभएको चिनी, साल्ट ट्रेडिङ कर्पोरेसनको आयो नुन र उत्पादन मिति उल्लेख नभएको फेस माक्स बरामद गरेको थियो ।

त्यस्तै, न्यास्लेको कफीको उल्लेखित मूल्यभन्दा बढीको बिलबिजक जारी गरी बिक्री गरेको फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी कँडेलले बताए ।

टोलीले भाटभटेनीबाट बरामद भएको ५० केजीको ३० बोरा र ९२ थान ९१८४ केजी० चिनी, २२ केजी नुन, नेभियाको २३ थान फेसवास, ४४ थान बडी लोसन, ५९ थान टोनर, १०१ थान लोसन शिलबन्दी गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : २८ बजे

रामायणमा रणवीर र आलिया राम-सीता

मुम्बई, २५ जेठ । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१

लागुऔषधसहित एकजना पक्राउ

झापा।  बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो

जहाज किन्न लाग्दा घेराबन्दी सुरू गरियो :मन्त्री किराँती

खोटाङ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल

एजेन्सी । इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको