१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बजार अनुगमन टोलीसँगै आएको प्रहरीले बरामद गरिएको नमुना घुटुघुटु पिउन थालेपछि….



बुटवल । अखाद्य वस्तु बिक्रि भएको भन्ने उजुरीका आधारमा बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा अनुगमन गर्न पुगेको टोलीले अखाद्य वस्तुको आशंकामा बरामद गरेको पेय पदार्थ टोलीसग पुगेको प्रहरी अधिकारीले घुटुघुटु पिउन थालेपछि मेलामा रहेका स्टल वालाले असन्तुष्टि व्यक्त गरेका छन् ।

मेलामा अखाद्य वस्तुको बिक्रि वितरण भएको भन्दै एकजनाको उजुरीका आधारमा मंगलबार मेलाको अनुगमनमा पुगेको अनुगमन टोलीले लिएर गएको प्रहरी टोलीका एकजना जुनियर अधिकृतले टोलीले परिक्षणका लागि बरामद गरेको नमुना अनुगमनस्थलमै पिइदिएपछि टोलीको अनुगमन माथि नै प्रश्न उठेको छ ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले बुटवलमा जारी औद्योगिक प्रदर्शनी तथा व्यापार मेला भित्र अनुगमनका क्रममा अखाद्यको आशंकामा टोलीले बरामद गरेको जुस टोलीसँगै आएका प्रहरी हवल्दार कुलचन्द्र पोखरेलले पिउँदै मिठो र स्वादिलो रहेको सिफारिस गरे पछि अनुगमन टोलीले गुणस्तरीय रहेको भन्दै अगाडी बढेको प्रत्यक्षदर्शी एक स्टल वालाले बताए । प्रहरी हवल्दार पोखरेलले जुस पिएर ‘ओके’ भनेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख बिमल कुमार दाहालले ‘ठिक छ’ भन्दै त्यहाँबाट अनुगमन टोलीलाई अर्को स्टल तर्फ लगेको उनले बताए । स्टल संचालक प्रदीप थापाले तयार भएको पेय पदार्थ प्रहरीले पिएपनि त्यसको भुक्तानी नगरेको बताए ।

रुपन्देही उद्योग संघले यही पौष ७ गतेदेखि १९ गतेसम्मका लागि आयोजना गरेको मेलामा खाद्य सम्बन्धि स्टलहरुको अनुगमन गरेको थियो । अनुगमन गरिएका मध्ये घरेलु रुपमा तयार पारिएका खाद्य बस्तुहरुमा कमजोरीहरु फेला पारेको अनुगमन टोलीले जनाएको छ । अनुगमनमा अखाद्य तथा मापदण्ड विपरीतका पदार्थ प्रयोग गरी परीकार तयार पारिएका, उत्पादन मिति तथा उपभोग गर्न मिल्ने मिति लगायतका लेबल नलगाइएका वस्तु समेत बिक्रिमा राखिएको भेटिएको टोलिले जनाएको छ । लेवल स्पष्टसँग देखिने गरी नराखिएको, उत्पादकको नाम उल्लेख नभएको, प्याकेजिङबिनाका अचारहरु खुल्ला बिक्रि वितरण भएको जस्ता विषयहरुलाई सच्याउन र कार्यालयमा उपस्थित हुन सूचना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख दाहालले बताए ।

नयाँ प्रकारबाट ग्राहककै अगाडी पेय पदार्थ बनाएर बेच्ने स्टलको अनुगमनका क्रममा टोलीकै आग्रहमा जुस बनाउन लगाइएको र जुसमा सबै खान योग्य वस्तु प्रयोग गरि जुस तयार भएकोमा व्यापारीकै आग्रहमा सुरक्षाका कर्मचारीले टेस्ट गरेको दाहालले स्विकार गरे । ‘जुसमा प्रयोग भएका सामाग्रि सबै खान योग्य र जारको पानी प्रयोग भएका थिए, उनले टेस्ट गरिदिनुस भने, हामी मध्य एकजना सुरक्षाकर्मीले पिउनु भयो, यो ठुलो विषय होईन ।’ दाहालले भने ।

अनुगमन टोलिले महिलाहरुले घरमै तयार पारेका खानाका परिकारहरुमा कमजोरी देखाउँदै सच्याउन र केही उद्यमीलाई कार्यालयमा उपस्थित हुन पत्र थमाएको थियो । यसैगरी बालबालिकाहरुका लागि बेच्न राखिएका चिनी पानीको घोल, चिनी र भुजा फिटेर बनाइएका परिकार, दुधमा मिसाएर खाने चिउरा लगायतका तयारी परीकारहरु मापदण्ड नपुगेको भन्दै जफत गरिएको कार्यालयले जनाएको छ । अनुगमनबाट मेलामा उपभोक्ताले स्वस्थकर खाद्य वस्तु प्राप्त गर्ने वातावरण बनेको र मेलाको गरिमा बढेको दाहालले दाबी गरे ।

स्टल संचालकहरुले भने ल्याव परिक्षण गरिदिन र नमुना लगिदिन आग्रह गर्दा पनि धम्कीपूर्ण भाषा प्रयोग गरेर आतंकित पारिएको गुनासो गरे । काठमाडौंको बुद्ध पाउँ उद्योगबाट स्टल लिएर आएका राजकुमार श्रेष्ठले ताजा अचारको नमुना परिक्षणा गर्न आग्रह गर्दा जेल हाल्ने र अचार फालिदिने धम्की आएको गुनासो गरे । उनले बुटवलमा लगातार ६ वर्षदेखि मेलामा स्टल राखेपनि पहिलो पटक धम्की खेप्नु परेको बताए ।

अनुगमनका क्रममा मेलामा राखिएको आइस गोला (गुलियो पानी) मानव स्वास्थ्यको लागि असर गर्ने बताउँदै मेलास्थलमै नष्ट गरिएको थियो । व्यापारका लागि राखिएका बस्तुहरुको कुनै मापदण्ड वा कुनै ल्याव परीक्षण बिनानै अखाद्य घोषणा गर्दै जफत गरिएको भन्दै व्यवसायीहरु केही समय आक्रोसित बनेका थिए । बजारमा खुलेआम विक्रि भएका वस्तुहरु समेत मेलाभित्र अखाद्य र मापदण्ड विपरित भन्दै अनुगमन टोलीले जफल गरेको व्यवसायीको गुनासो छ । उनीहरुले ल्याव परीक्षण गरी मानव स्वास्थ्यमा असर पर्ने पदार्थ भेटिए कारबाही भोग्न तयार भएको भएपनि यसरी आतंकित पार्ने ढङ्गले व्यवहार गर्नु गलत भएको राजधानी राइडर्स नेपालका संचालक अर्जुन चौधरीले बताए । उनले आफ्नो स्टलको आइस गोला (चिनी, आइस, फ्लेबर) को मिश्रण ६० हजार बराबरको क्षति भएको बताए ।

ईलाका प्रशासन कार्यालय बुटवलका केदारप्रसाद घिमिरे, उपभोक्ता हित संरक्षण मञ्चका तेजकुमार पाठक, १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सवका प्रतिनिधि जिवकान्त काफ्ले लगायतको टोलीले मँगलबार मेलामा स्टलहरुको अनुगमन गरेको हो ।

मेला आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले मेलास्थलमा आयोजकको तर्फबाट पनि छुट्टै समिति गठन गरी अनुगमन भैरहेको जानकारी दिए । मेलास्थलमा केही स्टलहरुमा कमजोरीहरु पनि भेटिएको भन्दै उनले ती स्टलहरुलाई सचेत गराउने तथा अखाद्य बस्तुहरु भेटिए जफत गर्नेसम्मका काम भैरहेको दाबी गरे ।

मङलबार खाद्य प्रतिविधिले गरेको अनुगमन प्रक्रियाप्रति भने अध्यक्ष पौडेलले असन्तुष्टि जनाए । ‘कमजोरीहरु भेटिएमा कारबाहीको पनि प्रक्रिया हुन्छ । सामान जफत गर्ने, सुधार्नका लागि चेतावनी दिने, जरिवाना गर्नु नराम्रो होईन।’–पौडेलले भने, ‘यसरी प्रक्रियागत रुपमा भन्दा पनि स्टल होल्डर व्यवसायीहरुलाई आतंकित पार्ने काम भयो ।’

उनले खाद्य प्रविधिले अनुगमन गरेर सहयोग गर्नु सकारात्मक भएपनि अनुगमन टोलीसँगै आएका अनाधिकारीक व्यक्तिहरुबाट पनि व्यवसायीको सामान खोसेर पोख्ने काम भयो । आफुलाई पत्रकार भएको बताउने मान्छे देखि अनुगमनसँग नजोडिएका मान्छेहरुबाट पनि सामान धरपकड गर्ने काम भएको उनले बताए ।

अनुगमन टोलीसँगै आएका आम नेपाली टिभीको रिपोर्टर दिपेन्द्र ढकालबाट पनि बरामद सामान नष्ट गर्ने, व्यवसायीलाई धम्की दिने जस्तो कार्य गरिएको मेला अनुगमन उपसमितिका संयोजक जिवकान्त काफ्लेले बताए । ‘पत्रकार ज्युहरुको काम रिपोर्टीङ गर्ने, कमजोरी भएको भए समाचार लेख्ने काम हो,’ उनले भने, ‘पत्रकार हुँ भन्दै आफै व्यवसायीलाई धम्काउने, स्टलबाट आफै समान निकाल्ने र बरामद भएको भनिएको सामान नष्ट गर्न तम्सने काम पत्रकारको होईन ।’

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : १० बजे

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य