१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नेपालीहरूको बौद्धिकता छायाँमा पार्न खोजिएको छ : ओली



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोका बालबालिका देख्दा, युवाले पढ्न नपाएको देख्दा, दुर्गमको समस्या देख्दा मन कटक्क खाने गरेको बताएका छन् । यस्ता समस्या तत्काल पुरा गर्न नसके पनि सदैव यसका लागि तत्पर रहेको उनले जिकिर गरे ।

बानेश्वस्थित ग्लोबल कलेज म्यानेजमेन्टमा एक्प्लोर आइडिया क्लबले आयोजना गरेको कार्यक्रममा उनले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन गर्न नसकेको भन्दै विद्यमान समस्या समाधान गर्न दीर्घकालिन योजना ल्याउने कोसिस गरिरहेको बताए ।

‘विद्यार्थीसँग पूर्वप्रधानमन्त्री : प्रेरणा र जीवन दर्शन’ शीर्षकको अन्तर्क्रियामा उनले हाम्रो पुस्तालाई नेपाली बहादुर छन् भन्ने कुरा गरेर बौद्धिकता नै छायाँमा पार्न खोजिएको आरोप लगाए ।

‘हाम्रा अग्रजहरू बलिया थिए । साहसी थिए । यति मात्र होइन वौद्धिक पनि थिए । यसतर्फ भने कतै चर्चा भएको छैन’, उनले भने, ‘अब यसतर्फ चर्चा गर्न जरुरी छ। हाम्रो दर्शन, मान्यता नै हाम्रा पुस्ताले आर्जन गरेका हुन् । यो विद्वताको उदाहरण हुन् ।’

अबका युवाले उर्जाशील भएर आफूले पढेको ज्ञानका माध्यमबाट समाज रुपान्तरणको अभियानमा लाग्नुपर्ने ओलीले स्झाब दिए । विद्यार्थीले नै आयोजना गरेको उक्त कार्यक्रममा ओलीलाई विद्यार्थीले विभिन्न प्रश्न गरेका थिए। ओलीले विद्यार्थीहरूसँग करिब तीन घण्टा अन्तरक्रिया गरेका थिए।

उक्त कार्यक्रममा ओलीले नवनिर्मित फुटसलको पनि उद्घाटन गरेका थिए । केहीबेर विद्यार्थीहरूसँग फुटसल खेलेर माहोल तताएका थिए।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ४ : ३३ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा