५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

जाडो बढेपछि खजुराका विद्यालयहरु ३ दिनका लागि बन्द



खजुरा । बाँकेको खजुरा गाँउपालिकाले ३ दिनका लागि पालिकामा रहेका सबै बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक चिसो बढेपछि गाँउपालिकाले सूचना जारी गर्दै पुस २० गतेबाट २३ गते सम्मका लागि सामुदायिक तथा निजी विद्यालयहरु बन्द हुने जनाएको छ ।

बाँकेमा आजबाट लगातार सितलहर तथा बाक्लो हुस्सु र कुहिरो लागेसँगै अत्याधिक चिसो बढेको छ । चिसो र हुस्सुकै कारण आज नेपालगन्ज विमानस्थलबाट कुनै पनि उडान हुन सकेनन् भने बजारका चोकहरुमा स्थानीयले आगो तापेर बसिरहेका छन् ।

अत्याधिक चिसो बढेपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर राख्दै बिद्यालय बन्द गर्ने निर्णय गरिएको खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिकले बताए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ०२ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०