३ भदौ २०८३, बुधबार | August 19, 2026

नेसपाको राजनीतिक समिति बैठक बस्दै



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक आइतबार बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा बिहान ११ बजेदेखि बैठक सुरु हुने सो पार्टीले जानकारी दिएको छ ।

बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकता लगायत विषयमा मुख्य रुपमा छलफल हुने बताइएको छ । समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

बैठकबाट एकताका लागि संवाद समिति पनि गठन हुने बताइएको छ ।

समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समीक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनीति लगायत अजेण्डाहरुमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए ।

शनिबार मात्रै नेकपा (माओवादी केन्द्र)ले वार्ता टोली गठन गरेको थियो । बृहत् वाम एकताको लागि पहल गर्न भनेर गठन गरिएको वार्ता टोलीमा कृष्णबहादुर महरा, देव गुरूङ, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत छन् ।

माओवादी केन्द्र र नेसपा गत चुनावमा एउटै चिह्नबाट प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : १६ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार