३ भदौ २०८३, बुधबार | August 20, 2026

देवघाटमा स्नान गर्न भक्तजनहरु आउनेक्रम जारी



चितवन । पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन् । दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ ।

विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकरसङ्क्रान्ति मेला यस वर्ष हुँदा देशभर र भारतबाट भक्तजन आएका हुन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार रातभर जाग्राम बस्नेहरु चितवन र तनहुँतर्फ गरी २० हजारभन्दा बढी रहेका थिए ।

तनहुँतर्फका गलेश्वर, महेश सन्यास, हरिहर आश्रमका सभाकक्षसमेत भरिएका थिए । यस्तै दुवैतर्फका विद्यालय, मन्दिर, सत्तललगायत रुखमुनिसमेत भक्तजनले भरिएको उनले जानकारी दिए । भगवानको नाम जपेर साँझदेखि भजनकीर्तन गर्दै दीप प्रज्ज्वलन गरेर खाली ठाउँमा समेत भक्तजन बसेको उनको भनाइ छ ।

मेलालाई व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटिएका छन् । अध्यक्ष अधिकारीको भनाइमा झण्डै एक हजार सुरक्षाकर्मी देवघाट क्षेत्रमा परिचालित छन् । नदीमा नुहाउने र ¥याफ्टिङका क्रममा दुर्घटना भई हालेमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र क्षेत्र विकास समितिका स्वयंसेवक तयारी अवस्थामा राखिएको छ ।

सवारी व्यवस्थापनका लागि आँपटारी र जुगेडीबाट जाने र रामनगरबाट फर्किने गरी व्यवस्थापन गरिएको छ । देवघाटका वारि र पारि दाताहरूले साँझदेखि नै चिया, जेरीपुरी, खानासमेत निःशुल्क खुवाइरहेको उनले जानकारी दिए । उनले भने, “गलेश्वर आश्रममा मात्रै शनिबार साँझबाट दुई हजारभन्दा बढीलाई खाना खुवाइसकिएको छ । अन्य आश्रमहरूले पनि निःशुल्क भोजन गराइरहेका छन् ।” चिसो निकै रहेकाले ठाउँ-ठाउँमा धुनी बालेर रातभर भजनकीर्तन भएको उनको भनाइ छ ।

शनिबार बिहान नौ बजे त्रिशूली र कालीगण्डकीको वेणीमा बाँसको लिङ्गो ठड्याएर औपचारिकरूपमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । शनिबारदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास रहेको छ ।

आजको दिन देवतासमेत देवघाटमा स्नान गर्न आउने किंवदन्ती रहेको छ । यहाँ स्नान गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले टाढा-टाढाबाट समेत भक्तजन स्नानका लागि आउने गर्दछन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : १६ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने