१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पोखरा जहाज दुर्घटना अपडेड : दुर्घटनास्थलबाट ३२ जनाको शव निकालियो



काठमाडौं । पोखराको सेती खोँचमा भएको यति एयरको जहाज दुर्घटनामा परेका मध्ये ३२ जनाको शव निकालिएको छ ।

घटनास्थल विमानस्थल नजिकै सेती खोँचमा भएका कारण उद्दारमा कठिनाइ भएपनि बिहान सवा ११ बजेसम्म ३२ जनाको शव निकालि सकिएको हो । दुर्घटनास्थलमा केही शवहरू उछिट्टिएको अवस्थामा देखिएका छन् ।

६८ यात्रु र चालक दलका चार जना सदस्यसहित काठमाडौंबाट १० बजे पोखराको लागि उडेको एन एएनसी एटीआर कल साइनको जहाज दुर्घटनामा परेको थियो ।

जहाजमा निकै ठूलो आगो लागेको प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले बताएका छन् । दुर्घटनाहुनुअघि जहाज बस्ती क्षेत्रबाट बत्तिँदै खोँचमा खसेको थियो ।

जहाज सेतीको खोंचमा खसेको छ। बाहिर केही शवहरू उछिट्टिएको अवस्थामा हामीले देख्यौं।

घटनास्थलमा सेना, प्रहरी, दमकल र स्थानीयले उद्दार गरिरहेका छन् ।

 

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : २५ बजे

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार