७ पुस २०८२, सोमबार | December 22, 2025

८ औं मणिमुकुन्द रनिङ्गकप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता माघ २४ गतेबाट सुरु



बुटवल । ८ औं मणिमुकुन्द रनिङ्गकप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता माघ २४ गतेबाट हुने भएको छ ।

मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा ८ औं मणिमुकुन्द रनिङ्गकप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुने भएको हो ।

“स्वास्थ्यको लागि खेलकुद रास्ट्रको लागि खेलकुद” भन्ने मुल नारा सहित तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित क्लबको आफ्नै खेलमैदानमा माघ २४ गतेदेखी २८ गतेसम्म प्रतियोगिता हुने मणिमुकुन्द भलिबल क्लबका संरक्षक तथा यस प्रतियोगिताका संयोजक सुरेन्द्र सुरेन्द्र गुरुङ्गले जानकारी दिए ।

जिल्लामा नयाँ खेलाडीहरुको उत्पादनका साथै खेल क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । प्रतियोगिताको तयारी तीब्र पारिएको र अहिले मैदान व्यवस्थापन, प्रायोजक, सहप्रायोजकहरु खोज्ने काम भइरहेको भण्डारीले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख ५० हजार सहित रनिङकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै द्धितिय पुरस्कार नगद १ लाख, कप, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्र तथा चौथो पुरस्कार नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका पूर्व अध्यक्ष मिलन रानाले जानकारी दिए ।

त्यस्तै उत्कृष्ट खेलाडीलाई नगद १० हजार र अन्य विधामा उत्कृष्ट हुनेले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने रानाले बताए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १० : ४७ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका