८ माघ २०८२, बिहिबार | January 22, 2026

बाँकेमा दादुराको सङ्क्रमण कायमै



नेपालगन्ज । बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै रहेको छ । अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, दादुरा सङ्क्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन् । दादुराको सङ्क्रमणबाट अहिलेसम्म नेपालगञ्जमा एकजनाको मृत्यु भइसकेको छ । यहाँ अहिलेसम्म दुई सय १३ सङ्क्रमित फेला परेका छन् ।

हालसम्म नरैनापुरमा ४१, खजुरा गाउँपालिकामा २१, डुडुवामा १८, कोहलपुरमा नौ र राप्ती सोनारीमा सात जनालाई दादुरा सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये १० जनाको उपचार भइरहेको छ । नेपालगञ्जका एक सङ्क्रमित अस्पताल भर्ना भएका छन् ।

यसैगरी राप्ती सोनारीका सात र कोहलपुरका दुई बालबालिका ‘होम आइसोलेशन’ मा रहेका श्रेष्ठले जानकारी दिए । दिनहुँ सङ्क्रमण फैलिरहँदा बालबालिका निको हुने क्रम पनि चलिरहेको छ । अहिलेसम्म बाँकेमा दुई सय ९८ जना निको भइसकेका छन् । नेपालगञ्जका दुई सय ११, नरैनापुरका ४१, खजुराका २१, डुडुवाका १८ र कोहलपुरका सात जना बालबालिका निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालगञ्जमा सङ्क्रमण केही कम भए पनि ग्रामीण क्षेत्रतिर बढिरहेकोले दादुरा सङ्क्रमण रोक्न ठाउँठाउँमा खोप कार्यक्रम सञ्चालन भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १० : ५५ बजे

प्रतिनिधि सभा निर्वाचन २०८२ : मतदान गर्नु अघि केही सवाल

काठमाडौं । जेनजी आन्दोलनको कारण समय अगावै प्रतिनिधि सभाको निर्वाचन

निर्वाचन आचारसंहिताका कारण बुटवलमा हुने कृषि मेला स्थगित

बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा

नेपाल नेदरल्याड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि शुक्रबार पहिलो पटक गगन थापा केन्द्रीय कार्यालय प्रवेश गर्दै

काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कामंग्रेसको सभापतिमा निर्वाचित भएपछि गगन

रवि लामिछाने विरुद्धका मुद्दा फिर्ता गर्ने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जारी मुद्दाबाट