४ पुस २०८२, शुक्रबार | December 20, 2025

मिस नेपालको आवेदन खुला



काठमाडौं । मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्  । यो प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल गरी तीन मुख्य विजेताहरू हुने आयोजकले जनाएको छ ।

नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ । पत्रकार सम्मेलनमा प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसन आयोजना गरिने र स्थानिय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरिएको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए ।

काठमाडौं अडिसन आगामी चैत ४ गते तथा इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीलगायतमा क्षेत्रीय अडिसन आवेदन सङ्कलन गरिएलगतै गरिने अध्यक्ष राजकर्णिकारले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ९ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको