१६ असार २०८३, मंगलबार | June 30, 2026

आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिता सुरु



बुटवल । रुपन्देहीको तिलेत्तमामा मगलबारदेखि सुरु भएको आठौं मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा पर्वत जिल्ला भलिबल संघले विजयी सुरुवात गरेको छ । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजना गरेको आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगितामा पर्वतले रुपन्देहीलाई ३-० को सोझो सेटमा जित हासिल गर्दै अंक जोड्न सफल भएको हो ।

पर्वतले २७-२५, २५-२२ र २६-२४ को सोझो सेटमा रुपन्देहीलाई पराजित गरेको हो ।प्रतियोगितामा पर्वतका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भएका छन् । यसैगरी मँगलबार नै भएको दोस्रो खेलमा जिल्ला भलिबल संघ नवलपुर विजयी भएको छ । नवलपुरले जिल्ला भलिबल संघ म्याग्दीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । २५-२२, २५-१६ र २५-११ को सेटमा जित दर्ता गर्दै नवलपुरले अंक जोडेको हो । प्रतियोगितामा सन्तोष राना मगर म्यान अफ दी म्याच घोषि भए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले खेलकूदको विकासका आवश्यक भौतिक पूर्वाधार निर्माण तथा अन्य आर्थिक सहयोगका लागि तयार रहेको बताए । भौतिक तथा पूर्वाधारको विकाससँगै मानवीय विकास महत्वपूर्ण रहेको बताउँदै उनले स्वास्थ्यका लागि खेल महत्वपूर्ण रहेको बताए । यसैगरी लुम्बिनी खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकास भट्टराईले खेलकूदको विकासका लागि भौतिक पूर्वाधारको निर्माण तथा खेलाडीहरुलाई प्रोत्साहन हुने कार्यक्रमहरु आवश्यक रहेको बताए ।

जिल्ला खेलकूद विकास परिषद रुपन्देहीका हरी क्षेत्री, मणिमुकुन्द भलिबल क्लबका वरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, संस्थापक सुरेन्द्र गुरुङ लगायतले बोल्दै प्रतियोगिता सफलताका लागि शुभकामना व्यक्त गरे । क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीको अध्यक्षमा भएका कार्यक्रमको सञ्चालन सचिव कासिराज गौतमले गरेका थिए ।

क्लबको खेल मैदान तिलोत्तमा २ मा जारी प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

लिक कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा विभिन्न प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार ४ वटा खेल हुने भएका छन् । बुधबार पहिलो खेल जिल्ला भलिबल संघ बाग्लुङ र जिल्ला भलिबल संघ नवलपुरका बीच हुने छ भने दोस्रो खेल जिल्ला भलिबल संघ गुल्मी र नवलपरासीका बीच प्रतिस्पर्धा हुने छ । यसैगरी तेस्रो खेल जिल्ला भलिबल संघ स्याङ्जा र जिल्ला भलिबल संघ पाल्पाका बीच प्रतिस्पर्धा हुने छ । दोस्रो दिनको अन्तिम तथा चौथो खेल जिल्ला भलिबल संघ म्याग्दी र जिल्ला भलिबल संघ बागलुङका बीच प्रतिस्पर्धा हुने छ । पहिलो खेल विहान साढे ९ बजेदेखि हुने छ भने दोस्रो विहान साढे ११ बजेदेखि सुरु आयोजकले जनाएको छ । यसैगरी तेस्रो खेल दिउँसो साढे १ बजे तथा चौथो खेल दिउँसो ३ बजे हुने छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ६ : १२ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी