२३ असार २०८३, मंगलबार | July 7, 2026

फागुनभित्र मोटरसाइकलको कर तथा नवीकरणमा जरिवाना छुट



काठमाडौं । फागुन भित्र मोटरसाइकल तथा स्कुटरको कर तथा नविकरण दस्तुर भुक्तानी गरे ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ ।

यातायात व्यवस्था कार्यालयका अनुसार फगुन मसान्तसम्ममा सवारीधनीहरुले कर बुझाए जरिवाना छुटको व्यवस्था आइतबार एक सूचनामार्फत जानकारी दिएको हो ।

आर्थिक बर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभित्र कर बुझाएमा प्रदेश सवारी ऐन अनुसार जरिवाना छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

साथै आफनो सवारीसाधनहरुको कर नविकरण तथा जरिवाना भुक्तानी गर्न यातायात व्यवस्था कार्यालयले अनुरोध पनि गरेको छ ।

यसैगरी कार्यालयका अनुसार अविलम्व कर भुक्तानी गरेका सवारीधनीहरुले ट्राफिक कारबाहीमा परी नियन्त्रणमा रहेका सवारीसाधनहरुलाई पनि जरिवाना छुटको व्यवस्था रहेको जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ३ : ०४ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज