१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

टर्की र सिरियामा उद्धार र राहतको व्यवस्था मिलाउन एमाले अध्यक्ष ओलीको आग्रह



काठमाडौं । नेकपा (एमाले) ले भूकम्प प्रभावित देश टर्की र सिरियामा खोज उद्धार र राहत वितरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति निकाल्दै भूकम्प प्रभावित ती देशका नागरिकलाई तत्काल विपद् प्रतिकार्य, खोज उद्धार, प्राथमिक उपचार र राहत वितरणमा जुट्न तथा आवश्यकताअनुसार राहत र पुनःस्थापनामा सहयोग गर्न सम्बद्ध सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

उनले प्राकृतिक विपद्बाट हुन गएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यही माघ २३ गते टर्कीए र सिरियाको सीमा क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्प र यही माघ २५ गतेसम्म गएका तीन सय १२ बढी पराकम्पनबाट दुई देशमा १५ हजारभन्दा बढीको ज्यान गएको र ठूलो सङ्ख्यामा भौतिक पूर्वाधार र जीविकोपार्जन प्रभावित भई हजारौँ परिवार घरवारविहीन भएको अवस्थाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष ओलीले निकालेको विज्ञप्तिमा जनाइएको छ ।

सरकारले विनाशकारी भूकम्पबाट प्रभावित देश टर्कीएमा मेडिकल रेस्पोन्स टिमसहित न्यानो लत्ताकपडा र अत्यावश्यक राहत सामग्री पठाउने स्वागतयोग्य निर्णय गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले राहत तथा उद्धारमा समयानुकूल शीघ्र प्रतिकार्यको निकै महत्व हुने भएकाले उक्त निर्णय यथाशीघ्र कार्यान्वयनका लागि आग्रह गर्नुभएको हो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ९ : ५९ बजे

तिलोत्तमाको मंगलापुर-कान्छीबजार सडक खण्डको दोस्रो चरणको निर्माण कार्य शुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । संघीय

कांग्रेसको प्रतिक्रिया – नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त