११ भदौ २०८३, बिहिबार | August 27, 2026

टर्की र सिरियामा उद्धार र राहतको व्यवस्था मिलाउन एमाले अध्यक्ष ओलीको आग्रह



काठमाडौं । नेकपा (एमाले) ले भूकम्प प्रभावित देश टर्की र सिरियामा खोज उद्धार र राहत वितरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति निकाल्दै भूकम्प प्रभावित ती देशका नागरिकलाई तत्काल विपद् प्रतिकार्य, खोज उद्धार, प्राथमिक उपचार र राहत वितरणमा जुट्न तथा आवश्यकताअनुसार राहत र पुनःस्थापनामा सहयोग गर्न सम्बद्ध सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

उनले प्राकृतिक विपद्बाट हुन गएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यही माघ २३ गते टर्कीए र सिरियाको सीमा क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्प र यही माघ २५ गतेसम्म गएका तीन सय १२ बढी पराकम्पनबाट दुई देशमा १५ हजारभन्दा बढीको ज्यान गएको र ठूलो सङ्ख्यामा भौतिक पूर्वाधार र जीविकोपार्जन प्रभावित भई हजारौँ परिवार घरवारविहीन भएको अवस्थाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष ओलीले निकालेको विज्ञप्तिमा जनाइएको छ ।

सरकारले विनाशकारी भूकम्पबाट प्रभावित देश टर्कीएमा मेडिकल रेस्पोन्स टिमसहित न्यानो लत्ताकपडा र अत्यावश्यक राहत सामग्री पठाउने स्वागतयोग्य निर्णय गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले राहत तथा उद्धारमा समयानुकूल शीघ्र प्रतिकार्यको निकै महत्व हुने भएकाले उक्त निर्णय यथाशीघ्र कार्यान्वयनका लागि आग्रह गर्नुभएको हो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ९ : ५९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि