२३ बैशाख २०८१, आइतबार | May 5, 2024

आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिता : गुल्मीलाई पराजित गर्दै नवलपुर फाइनलमा प्रवेश



बुटवल । रुपन्देहीको तिलोत्तमा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ गुल्मी उपाधि होडबाट बाहिरिएको छ ।

शुक्रबार बिहान भएको पहिलो सेमिफाईनल खेलमा जिल्ला भलिबल संघ नवलपरासी संग ३-१ को सेटले पराजित हुँदै उपाधि होडबाट जिल्ला भलिवल संघ गुल्मी बाहिरिएको हो । गुल्मीलाई पराजित गरेको जिल्ला भलिबल संघ नवलपुर जारी प्रतियोगिताको फाईनलमा पुगेको छ ।

अब दोस्रो सेमिफाईनल खेल अन्तर्गत जिल्ला भलिवल संघ स्याङजा र जिल्ला भलिबल संघ पर्वतका बीच हुँदैछ । प्रतियोगिताको फाईनल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्बलका वरिष्ठ उपाध्यक्ष किशन सन्दले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  २ : ०६ बजे

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा