७ माघ २०८२, बुधबार | January 21, 2026

निर्मला कुर्मी हत्या प्रकरण : ४८ दिनदेखी माइतीघरमा जारी आन्दोलन आजबाट स्थगित



काठमाडौं । बाँकेकी निर्मला कुर्मीको हत्यासम्बन्धी जाहेरीमा अनुसन्धान गरेर दोषीमाथि मुद्दा चलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपछि माइतीघरमा ४८ दिनदेखि जारी आन्दोलन आजवाट स्थगित भएको छ ।

प्रधानमन्त्री दाहालले मंगलबार कुर्मीको न्यायका लागि आन्दोलनरत पक्षसँग वार्ता गरेर तीन बुदेँ सहमति गरेपछि माइतीघर मण्डलामा ४८ दिन देखी जारी आन्दोलन स्थगित भएको हो ।

सहमति अनुसार कुर्मीको अपहरण, शरीर बन्धक तथा हत्यासम्बन्धी जाहेरीमा अनुसन्धान गर्न विशेष अनुसन्धान टोली गठन गरिने छ ।

आन्दोलनरत पक्षका व्यक्तिको जीउज्यान सुरक्षाका लागि उचित समन्वय र प्रबन्ध गर्ने र अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोगको माग यथावत् राख्दै हाललाई तेस्रो चरणको आन्दोलन स्थगित गर्ने गरी तीन बुदेँ सहमति भएको हो ।

सो बार्तामा सरकारको तर्फवाट गृहसचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप शाहसमेत सहभागी थिए भने आन्दोलनकारीका तर्फवाट रुबी खानलगायतको उपस्थित थियो ।

तीन बुदेँ सहमतिमा रूबी खानलगायतले र सरकार तर्फबाट गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले हस्ताक्षर गरेका छन् ।

निर्मला कुर्मिको न्यायिक आन्दोलनको माग सम्बोधन भएको भन्दै खानले आज बिहान ११ बजे माईतीघर मण्डलामा पत्रकार सम्मेलनको आयोजनासमेत गरेकी छिन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : ०५ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा