२४ असार २०८३, बुधबार | July 8, 2026

निलम्बित सांसद चौधरी बयानका लागि अदालतमा



धनगडी। नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ ।

गत १९ माघमा बाँकेबाट पक्राउ परेका उनलाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

गत २२ माघमा परेको उत्प्रेषण परमादेश र २७ माघमा दर्ता बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै २९ मा उच्च अदालतका न्यायाधीश देशबहादुर सार्कीको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा ३ फागुनमा अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित हुन आदेश जारी गरेको थियो ।

सोही आदेशअनुसार बुधबार उनलाई अदालतमा उपस्थित गराइएको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ११ : २२ बजे

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौं । पटक-पटक विद्युत् अवरुद्ध (ट्रिपिङ)हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि

कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा प्रवेश

काठमाडौं । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा

देशभर मनसुन सक्रिय, आज भारी वर्षा र हुरीबतासको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश