९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

प्राकृतिक जीवनशैली एवम् आयुर्वेदप्रतिको विश्वास र आर्कषणमा अझै वृद्धि भएको छ : राष्ट्रपति भण्डारी



दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद पूर्वीय सभ्यताको मात्रै नभई संसारकै साझा सम्पत्ति बनिसकेको बताएकी छिन् ।

बुधबार नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मौलिक स्वास्थ्य पद्धतिका रुपमा रहेका आयुर्वेद, योग, प्रणायम, ज्ञान, प्राकृतिक चिकित्साका साथै समुदायमा पाइने शारिरीक मानसिक एवंम् स्वास्थ्य सम्बन्धि लोप हुन लागेका प्राकृतिक पद्धतिलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस विश्व विद्यायलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

उनले कोरोना महामारी पछि विश्वमा नै प्राकृतिक जिवनशैली एवम् आयुर्वेद प्रतिको विश्वास र आर्कषणमा अझै वृद्धि भएको समेत बताइन् । ‘संस्कृत भाषा र साहित्यमा मानिस भित्रको आन्तरिक क्षमतालाई विकसित र प्रकाशित तुल्याउने क्षमता छ, उनले भनिन्, ‘यसबाट जीवन र गजतलाई हेर्ने, विश्लेषण गर्ने, त्यसप्रतिको धारणा निमार्ण गर्न रचनात्मक दृष्टिकोणको विकास हुन्छ भन्ने कुरामा विश्वस्त रहेको छु’ ।

हिन्दु मात्रै हैन बौद्ध र जैन साहित्यका प्रस्शत ग्रन्थहरु पनि संस्कृत भाषामा रहेको उल्लेख गर्दै उनले संस्कृत भाषा र यसको साहित्यका माध्यमले हाम्रा पूर्खाहरुले अमूल्य चिन्तन विवेक रचनात्मक सिजृना र वैचारिक प्रज्ञाको अभिवेदना रहेको दाबी गरिन् ।

उनले संस्कृत संग केही व्यक्तिगत, भावनात्मक सम्बन्ध रहेको बताउदै जननेता मदन भण्डारी स्वयम् संस्कृत क्षेत्रको उत्पादन भएको पनि स्मरण गरिन् ।

तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले एक कार्यक्रमकाबीच चमा उद्घाटन गरेकी हुन ।

हालै उदघाटित भवनमा ३ तला र १ सय ८ कोठाहरु छन् । आयुर्वेद विएएम्एस्‌को पठनपाठन भइरहेको उक्त अस्पतालमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत छन् ।

नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो ।  ०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त भवन २०७४ असार मसान्तमा निर्माण सम्पन्न भए पनि औपचारिक उदघाटन भने भएको थिएन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ३ : १२ बजे

एमाले सचिवालय बैठक आज पनि बस्दै, कार्यविभाजनमा थप छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको

तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा

मिस्त्रीखोलामा माछा पाइन छाडे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ भएर बग्ने मिस्त्रीखोलामा माछा

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा

बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय