९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

बालेन शाहलाई जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउनको संवैधानिक इजलासले आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आयोगले जरिवाना गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै अदालतले आयोगसमक्ष लिखित जवाफसमेत माग गरेको छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा समयमै खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगको गत भदौ ३१ गतको बैठकले समयमै खर्च विवरण पेस नगर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । शाहलाई रु सात लाख ५० हजार जरिवाना तोकिएको थियो । त्यस्तै अरु एक लाख २३ हजार उम्मेदवारलाई न्यूनतम रु एक लाख ५० हजारदेखि सात लाख ५० हजारसम्म जरिवाना तोकेको थियो ।

आयोगको उक्त निर्णयविरुद्ध शाह सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए । सोही निवेदनको सुनुवाइपछि अदालतले जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : १४ बजे

लुम्बिनीमा पहिलोपटक सीप च्याम्पियनसिप आयोजना : प्राविधिक शिक्षाबारे बहस

रुपन्देही । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति

जुम्लामा घरमै पुग्यो राहदानी

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी

पनौतीका १३७ सुकुमवासीले दिए निवेदन

काभ्रेपलाञ्चोक । सरकारले सुकुमवासीलाई ब्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय

एमाले सचिवालय बैठक आज पनि बस्दै, कार्यविभाजनमा थप छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको

तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा