७ आश्विन २०८३, बुधबार | September 23, 2026

संस्कृतिले राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आएको छ : उपराष्ट्रपति पुन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले धर्म, संस्कार, संस्कृतिले नेपालीकाबीच आपसी सद्भाव, भाइचारा कायम गर्दै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताएका छन ।

हिन्दू धर्मावलम्बीको प्रमुख चाड महाशिवरात्रि-२०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपूर्ण मुलुक भएको बताएका छन ।

“हाम्रो मौलिक, धर्म, संस्कार, संस्कृति विश्वजगतमा नेपालको साझा चिनारी हुन, यी हाम्रा सम्पत्ति हुन, हाम्रो धार्मिक तथा सांस्कृतिक पर्वका कतिपय विकृत रुपलाई हटाउँदै लैजानेमा ध्यान दिन सबैमा आग्रह समेत गर्दछु”, उनले भनेका छन । भगवान् शिवको प्रमुख पर्वको रुपमा मानिने महाशिवरात्रि पर्वले नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि बनाउने उपराष्ट्रपति पुनको विश्वास छ । नेपाली सेना दिवस-२०७९ को अवसरमा पनि उपराष्ट्रपति पुनले नेपाली सेनाका प्रधान सेनापतिसहित सकल दर्जामा शुभकामना व्यक्त गरेका छन ।

विश्व शान्ति स्थापनामा खेलिरहेको भूमिका र बढाइरहेको गौरवका लागि नेपाली सेनाको प्रशंसा गर्दै उनले आगामी दिनमा नेपाली सेनाले आफूलाई सुदृढ्, सशक्त र समय सापेक्ष आधुनीकीकरण गर्दै लैजाने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ३७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई