१० भदौ २०८३, बुधबार | August 26, 2026

चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर हुन् : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाड-पर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गरेका छन ।

महाशिवरात्रीका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विभिन्न चाड-पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको र प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको बताएका छन । यसमध्ये हिन्दू धर्मावलम्बीहरुले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने महाशिवरात्रि एक महत्वपूर्ण र पवित्र पर्व भएको उनले उल्लेख गरेका छन ।

सभापति देउवाले यी चाड-पर्वहरुले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताउँदै महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ३९ बजे

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको

प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

विद्युत् चुहावटबाट आगलागी हुँदा ओखलढुङ्गामा दुई घर जलेर नष्ट

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट