५ पुस २०८२, शनिबार | December 20, 2025

नयाँ बसपार्क घटनामा पक्राउ परेका ४० माथी अनुसन्धान सुरू, थप पक्राउ पर्दै



काठमाडौं । गत १  फागुनमा  नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारीसाधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ ।

आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

गत १ फागुनमा यातायात मजदुर आन्दोलनका नाममा प्रहरीका दुईवटा भ्यानमा आगलागी भएको, लोत्से मल तोडफोड भएको तथा मोबाइल पसल लुटपाट भएको थियो । सो तोडफोड र लुटपाटको घटना पछि यातायात मजदुर संगठनले सवारी साधान बन्दको घोषणा गरेका थिए भने पीडित ब्यापारीले पसल तोडफोड गर्नेलाइ हिरासतमा लिइ अनुसन्धान गर्न माग राखेका थिए ।

आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए । साथै, प्रहरी वृत्त बालाजुको बा २ झ १४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको गाडीसमेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको सो घटनाले उग्र रूप लिएको थियो । साथै,  आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोस्टमा समेत आगो लगाइएको थियो ।

‘प्रहरीको भ्यान आगजानी गर्ने र मल तोडफोड गरी चोरी गर्ने थप केही व्यक्तिको पहिचान भइरहेको छ, उनीहरूलाई पनि चाँडै नियन्त्रणमा लिएर अनुिसन्धान गर्नेछौ,’ प्रवक्ता रिजालले संचारकर्मीसँग भने ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ९ : २० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता