२५ असार २०८३, बिहिबार | July 9, 2026

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै



काठमाडौं । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमणमा आउने भएकी छन् । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन २४ गते काठमाडौं आउने भएकी हुन् ।

उनले फागुन २४ देखि २६ सम्म नेपालको भ्रमण गर्न लागेकी हुन् । कूटनीतिक स्रोतका उनले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाल-बेलायत सन्धि-१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण हुन लागेको हो । यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्ने छिन् । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ ।

राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्नेछ । साथै उनी धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउने छिन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : १२ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’