काठमाडौं । मानवअधिकारकर्मी तथा पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।
माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत श्रेष्ठको उपचारकै क्रममा आज बिहाननिधन भएको पारिवारिक स्रोतले बताएको छ ।
लामो समयदेखि मानवअधिकार क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ दम र छातीको सङ्क्रमणले थलिएका थिए ।
वामपन्थी बुद्धिजीवी श्रेष्ठले आफु स्वास्थ्यमनत्री हुँदा चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।
विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए ।
उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।


















प्रतिक्रिया