१० माघ २०८२, शनिबार | January 24, 2026

द्वन्द्वकालमा १३ वर्षीया बालिकालाई जेल हाल्नेविरुद्ध अदालत जाने राधिकाको चेतावनी



सुर्खेत । भेरी नगरपालिका–६ की राधिका चन्दलाई समय समयमा अहिले झस्किने गर्छिन् । सुतिरहेको अवस्थामा एक्कासि ब्यूँझिने, कराउने गर्दै आएकी छिन् । उनी निन्द्रमा समेत बर्बराउने गरेको उनका श्रीमान युद्धवीर सिंहले बताउँछन् ।

चन्दलाई कुनै रोग लागेर नभई द्वन्द्वकालमा पाएका यातनाका कारण अहिले पनि बसिनसक्नुछ । तत्कालीन राज्य पक्षद्वारा २०५७ मा सुर्खेतको घुमखरे गाविस वडा ९ भेराबारीबाट उनलाई पक्राउ गरी ८ वर्ष बढी लामो समय हिरासत र जेलमा राखेपछि सो घटनाले गर्दा राधिकालाई अहिले पनि समय समयमा झस्काउने गर्दछ ।

१३ वर्ष बालिकालाई माओवादीको आरोपमा पक्राउ गरी ८ वर्षसम्म जेल जीवन बिताउन बाध्य भए पछि बाल मस्तिष्क परेको त्यो असरले अहिले समस्या हुँदै आएको छ ।

अदालतको आदेशपछि राधिका खुला आकाशमा आएर अहिले दैनिक रुपमा जीवनयापन गरिरहेको भए पनि द्वन्द्वकालमा पाएको दुस्खले गर्दा मानसिक रुपमा तनाव हुँदै आएको छ । ८ बर्ष २ महिना ५ दिनसम्म बन्दी भएर कारागार र हिरासतमा पाएको यातना सँगै पीडाले अहिले पनि झस्काइरहेको उनको भनाई छ ।

आठ वर्ष सम्मा बालिका भएको समयमा पनि राज्यले दिएको यातनाविरुद्ध राधिका अब अदालत जाने बताएकी छिन् । जाहेरीवालाको माग दाबीलाई अदालतले खारेजी गरिसकेको आधिकारिक प्रमाण रहेको भन्दै राधिकाले बिनाकसुर आफूलाई ८ बर्ष जेल जीवन बिताउन बाध्य पार्ने राज्यविरुद्ध क्षतिपूर्ती माग गर्दै अदालतमा मुद्दा दायर गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : ०१ बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा