२५ असार २०८३, बिहिबार | July 9, 2026

द्वन्द्वकालमा १३ वर्षीया बालिकालाई जेल हाल्नेविरुद्ध अदालत जाने राधिकाको चेतावनी



सुर्खेत । भेरी नगरपालिका–६ की राधिका चन्दलाई समय समयमा अहिले झस्किने गर्छिन् । सुतिरहेको अवस्थामा एक्कासि ब्यूँझिने, कराउने गर्दै आएकी छिन् । उनी निन्द्रमा समेत बर्बराउने गरेको उनका श्रीमान युद्धवीर सिंहले बताउँछन् ।

चन्दलाई कुनै रोग लागेर नभई द्वन्द्वकालमा पाएका यातनाका कारण अहिले पनि बसिनसक्नुछ । तत्कालीन राज्य पक्षद्वारा २०५७ मा सुर्खेतको घुमखरे गाविस वडा ९ भेराबारीबाट उनलाई पक्राउ गरी ८ वर्ष बढी लामो समय हिरासत र जेलमा राखेपछि सो घटनाले गर्दा राधिकालाई अहिले पनि समय समयमा झस्काउने गर्दछ ।

१३ वर्ष बालिकालाई माओवादीको आरोपमा पक्राउ गरी ८ वर्षसम्म जेल जीवन बिताउन बाध्य भए पछि बाल मस्तिष्क परेको त्यो असरले अहिले समस्या हुँदै आएको छ ।

अदालतको आदेशपछि राधिका खुला आकाशमा आएर अहिले दैनिक रुपमा जीवनयापन गरिरहेको भए पनि द्वन्द्वकालमा पाएको दुस्खले गर्दा मानसिक रुपमा तनाव हुँदै आएको छ । ८ बर्ष २ महिना ५ दिनसम्म बन्दी भएर कारागार र हिरासतमा पाएको यातना सँगै पीडाले अहिले पनि झस्काइरहेको उनको भनाई छ ।

आठ वर्ष सम्मा बालिका भएको समयमा पनि राज्यले दिएको यातनाविरुद्ध राधिका अब अदालत जाने बताएकी छिन् । जाहेरीवालाको माग दाबीलाई अदालतले खारेजी गरिसकेको आधिकारिक प्रमाण रहेको भन्दै राधिकाले बिनाकसुर आफूलाई ८ बर्ष जेल जीवन बिताउन बाध्य पार्ने राज्यविरुद्ध क्षतिपूर्ती माग गर्दै अदालतमा मुद्दा दायर गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : ०१ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’