५ भदौ २०८३, शुक्रबार | August 21, 2026

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन



बागमती । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन । यहाँ आयोजित समारोहमा उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त भवन उद्घाटन गरेका हुन ।

सत्तरी शय्या क्षमता रहेको सो तीन तलाको भवन रु ४३ करोडको लागतमा निर्माण भएको हो । अस्पतालको नवनिर्मित भवनबाट आजैदेखि स्वास्थ्य सेवा सुरु भइसकेको छ । मकवानपुरको हेटौँडामा रहेको यो मुलकुकै पुरानो अस्पतालमध्ये पर्छ । नयाँ र पुरानो गरी उक्त अस्पतालको बिरामी भर्ना क्षमता हाल दुई सय शय्या पुगेको छ । उक्त नवनिर्मित भवनबाट अब इमरजेन्सी, प्रसूति, आइसियू सेवाका साथै भेन्टिलेटर, डायलासिस, एक्स-रे, अत्याधुनिक प्रयोगशाला र फार्मेसी रहने छन् । सो अस्पताल २०१६ सालमा मकवानपुरको हेटौँडामा जिल्ला अस्पतालका रुपमा १२ शय्याबाट स्थापना भएको थियो । विसं २०२२ मा यसलाई २२ शय्याको बनाइएको हो ।

सो अस्पतालमा हाल ३८ विशेषज्ञ चिकित्सक, ५० मेडिकल अधिकृत, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित तीन सय ८७ जना कार्यरत रहेको बताइएको छ । हाल अस्पतालमा २४ सै घण्टा सिटी स्क्यान, सघन उपचार कक्ष र प्याथोलोजी सेवा उपलब्ध छ । अस्पतालमा एमआरआई, बालबालिकाका लागि एनआइसियु सेवा उपलब्ध छ भने पिआइसियु सेवा थप गर्ने तयारी भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाइँले जानकारी दिए ।

नयाँभवन निमार्णसँगै हेटौँडा अस्पतालले आफनो सेवा र जनशक्ति थप गरी गुणस्तरीय उपचार दिने उनले बताए । अस्पतालबाट हाल दैनिक सात सय ५० जनाले बहिरङ्ग सेवा प्राप्त गरिरहेका अस्पताल व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  २ : ११ बजे

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा