१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कर्जा लिँदा ब्याजदरकाे बारेमा पूर्ण जानकारी लिन नेपाल राष्ट्र बैंककाे आग्रह



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । बैंकले ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेतर्फ सचेत गराएको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

स्थिर ब्याजदरमा कर्जाको उपयोग गर्दा ब्याज रकम बढ्दैन भने निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिने र निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर नपार्ने उक्त सुचनामा उल्लेख गरीएको छ । बैंकले ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जाको उपयोग गर्न ऋणीलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ४९ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण