२६ असार २०८३, शुक्रबार | July 11, 2026

सुमन श्रेष्ठको माग: बालमन्दिर र बाँसबारी जुत्ताको हिनामिनाबारे छानबिन हाेस



काठमाडौं । प्रतिनिधिसभाको सांसद सुमन श्रेष्ठले बालमन्दिर र बाँसवारी जुत्ता कारखानामा भएको हिनामिनाका बारेमा छानबिन गर्न माग गरेकी छिन ।

प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै बाल संगठनको हिनामिना माथी गरिएको छानबिन आयोगको प्रतिबेदन सार्वजनिक गर्न माग गर्दै श्रेष्ठले बाँसबारी जुत्ता कारखानाको सम्पत्ति संरक्षणमा सरकारले ध्यान दिनुपर्नेमासमेत जोड गरेकी छिन् ।

‘१८ सालमा निजी सम्पत्तिलाई अधिग्रहण गरेर अनाथ बालबालिकाहरुको हेरचाह गर्ने नेपाल बाल संगठनलाई जग्गा दिईयो तर अहिले बाल मन्दिरको एकल स्वामित्व रहेको २८ रोपनी जग्गा र नेपाल ललित कलाको संयुक्त स्वामित्वमा रहेको २९ रोपनी जम्मा ५७ रोपननी जग्गा कसले भोग चलन गरिरहेको छ ? कसको हितमा प्रयोग हुदैँछ ?’ श्रेष्ठले संसद बैठकमार्फत प्रश्न गरेकी छिन, ‘अनाथ बालबालिकाको लागि कि कौडीको भाउमा बहालमा लिएर ब्यावसाय चलाउनका लागि ? नाम कहलिएका ब्यक्तित्व र ब्याबसायिक घरनाहरुको हितमा ?’

श्रेष्ठले प्रश्न गर्दै अगाडी भनेकी छिन, ‘यो संगठनको बोर्डमा आफनो मान्छे छिराएर बोर्ड कब्जा गर्ने र सिमित मान्छेहरुको लागि यो बोर्डले काम गर्ने ? कहिलेसम्म अन्देखा गर्छन ? बाल मन्दिर संबन्धि उच्चस्तरीय जाँचबुझ आयोगले बाल संगठनका पदाधिकारीलगायत संलग्नलाई कानुनी दायरामा ल्याउन सुझाव दिए पनि सरकारले अहिलेसम्म प्रतिबेदन सार्बजनिक गरेको छैन, कहिले गर्छ ?’

साथै बाँसवारी जुत्ता कारखानाको जग्गा हिनामिना भएको खबर सार्बजनिक भएको भन्दै श्रेष्ठले सरकारी संस्थाको सम्पतिको संरक्षणमा सरकारको ध्यान जाओंस भन्ने मागसमेत गरेकी छिन । उनले त्यसका लागि  अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला तथा बालबालिका मन्त्रालय र गृह मन्त्रालयको ध्यानाकर्षण सभामुखमार्फत गराएकी छिन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ४१ बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा