२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

प्रदिप र अभिलाषालाई पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको उपाधि



बुटवल । बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को पुरुष/महिला एकलतर्फको उपाधि प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन ।

बुधबार भएको पुरुषतर्फको फाईनल खेलमा बुटवलका रितिक रानालाई ६–३, ६–३, ६–२ को सेटमा जित निकाल्दै प्रदिपले उपाधि चुमे । यता महिला सिङ्गलको उपाधि अभिलाषा बिष्टले चुमिन । विष्टले माहिका रानालाई फाईनलमा ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफनो नाममा लेखाईन् । प्रतियोगिताको पुरुष/महिला सिगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।

यसैगरि ३५ वर्ष उमेर समुह पुरुष एकलको उपाधि सन्तोष खत्रीले चुमे । बुधबार भएको फाईनल खेलमा खत्रीले सिमान्त गुरुङलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै उपाधि जिते ।
यसैगरि ५५ वर्ष उमेर पुरुष एकलको उपाधि बिमल गुरुङ हात पारेका छन । फाईनलमा कमल थापालाई ६–३, ६–३ को सेटमा पराजित गर्दै गुरुङले उपाधि चुमे ।

विजयता तथा उपविजेता प्रतियोगीहरुलाई एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, श्री २२ नं. बाहिनीका उपरथी नवराज गुरुङ, नेपाल टेनिस संघका निवर्तमान अध्यक्ष मनोज सम्सेर राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, उपाध्यक्ष डा मनोज ढुगाना लगायतले पुरस्कार वितरण गरेका छन ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ४८ बजे

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको