३० बैशाख २०८१, आइतबार | May 12, 2024

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान



काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत जाएका हुन ।

जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ ।

सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन ।

नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।

जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्रहरु छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  २ : ५९ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को