१ मंसिर २०८३, मंगलबार | November 18, 2026

सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका : मन्त्री मोदी



काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीतिक आन्दोलनमा पत्रकारको ठूलो भूमिका थियो । अब देशको सुशासन र सङ्घीयताको कार्यान्वयनका लागि पनि आम सञ्चारमाध्यमको भूमिका उत्तिकै महत्वपूर्ण छ ।”

उनले जनजाति समुदायका सवाल र मुद्दा विषय उठान गर्न पत्रकारबीच एकता कायम गर्न फोनिजलाई सुझाव दिए । “आदिवासी जनजाति राज्य सञ्चालन र सिकाइका कुरामा अझै पछि छौँ । हाम्रा भाषाशैली फरक हुनसक्छ तर मूल उद्देश्य समाजको विकास नै हो । तपाईहरुको सुझाव र सहकार्यबाट नै यो उद्देश्य हासिल गर्न सम्भव छ”, उनले भने । मोदीले त्यसका लागि सम्बन्धित मन्त्रालयसँगको समन्वयमा फोनिजलाई सहयोग गर्ने आश्वासनसमेत दिए।

फोनिजका अध्यक्ष गजुरधन राईले जाति र समुदाय विशेष पत्रकारलाई मात्र नर्भर समुदायको हकहितका लागि लेख्ने सबै पत्रकारलाई सम्मान गरिँदै आएको बताए । उनले भने, “यो पुरस्कारले जनजातिका विषयमा कलम चलाएकालाई प्रोत्साहन गर्नेछ । पुरस्कारका लागि पत्रकार यही समुदायको हुनुपर्छ भन्ने होइन, उहाँको योगदानको कदर हुने हो ।”

कार्यक्रममा पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति समुदायको उत्थान, समाज र राष्ट्रका निम्ति योगदान पु¥याएको जनाउँदै दुई पत्रकारलाई सम्मान र पुरस्कृत गरिएको थियो । ‘फोनिज युके पत्रकारिता पुरस्कार २०२२’ बाट रेडियो नेपालमा तामाङ भाषाकी समाचारजाचिका रमिता लामा र नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठलाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो । फोनिजले अहिलेसम्म दश पत्रकारलाई पुरस्कृत गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : २८ बजे

Your email address will not be published.

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

पोखरा । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण

भारत भ्रमणमा नेपालगन्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाह निर्माणलाई एजेण्डामा समावेश गर्न माग

नेपालगन्ज । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन

नेपालगन्जमा कर सप्ताह सुरु

नेपालगन्ज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर

माछापुच्छ्रे बैंक र ट्याप ट्याप सेन्टबीच रेमिट्यान्स सम्झौता

काठमाडौ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा