७ आश्विन २०८३, बुधबार | September 23, 2026

सन्दीप लामिछानेलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति, आइतबार फेरि सुनुवाइ हुने



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने माग राख्दै दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्याायधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै आइतबार पुन: सुनुवाइ हुने गरि आदेश दिएको हो ।

आइतबार दुवै पक्षका तथा अन्य मुद्दाहरु समेत सँगै राखेर हेर्नेगरि सुनुवाइ हुने भएको सन्दीपका वकिल सरोज घिमिरेले बताए ।

संयुक्त अरब ईमिरेट्स ९यूएई०को दुबईमा हुने क्रिकेट प्रतियोगितामा खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार लामिछानेका तर्फबाट अधिवक्ता घिमिरेले निवेदन दिएका थिए । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म युएई र पपुवान्युगिनीसँग शृङ्खला खेल्दैछ ।

नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले हालै जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए ।

अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ५ : २४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज