२० मंसिर २०८२, शनिबार | December 6, 2025

दुई महिना अघि बाँकेमा देखिएकाे दादुरा संक्रमण ९ जिल्लामा पुग्याे, ६०१ बालबालिकामा संक्रमण



काठमाडौं ।  गत पुसको दोस्रो साता बाँकेमा देखा परेको दादुरा संक्रमण हाल ९ जिल्लामा देखा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख भरत भण्डारीका अनुसार ९ जिल्लामा हालसम्म ६०१ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ ।

उनका अनुसार बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर, महोत्तरी, मोरङ, दैलेखमा पनि दादुर संक्रमण फैलिएको हो  ।

उनका अनुसार सबैभन्दा बढी बाँकेमा ३२२ जना र महोत्तरीमा १०१ जना संक्रमित देखा परेका छन् । दादुरा भएकामध्ये ८७ प्रतिशत बालबालिका १५ वर्षमुनिका रहेको समेत रहेका छन, जसले दादुर बिरुद्ध खोप लगाएका थिएननु । सन् २०१९ मै दादुरा उन्मूलन गर्ने लक्ष्य भए पनि पछि नेपाल सरकारले त्यसको समयसिमा बढाएर सन् २०२३ सम्म सारेको छ ।

युनिसेफका अनुसार दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ ।  यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ५ : १५ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले