१ भदौ २०८३, सोमबार | August 17, 2026

दुई महिना अघि बाँकेमा देखिएकाे दादुरा संक्रमण ९ जिल्लामा पुग्याे, ६०१ बालबालिकामा संक्रमण



काठमाडौं ।  गत पुसको दोस्रो साता बाँकेमा देखा परेको दादुरा संक्रमण हाल ९ जिल्लामा देखा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख भरत भण्डारीका अनुसार ९ जिल्लामा हालसम्म ६०१ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ ।

उनका अनुसार बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर, महोत्तरी, मोरङ, दैलेखमा पनि दादुर संक्रमण फैलिएको हो  ।

उनका अनुसार सबैभन्दा बढी बाँकेमा ३२२ जना र महोत्तरीमा १०१ जना संक्रमित देखा परेका छन् । दादुरा भएकामध्ये ८७ प्रतिशत बालबालिका १५ वर्षमुनिका रहेको समेत रहेका छन, जसले दादुर बिरुद्ध खोप लगाएका थिएननु । सन् २०१९ मै दादुरा उन्मूलन गर्ने लक्ष्य भए पनि पछि नेपाल सरकारले त्यसको समयसिमा बढाएर सन् २०२३ सम्म सारेको छ ।

युनिसेफका अनुसार दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ ।  यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ५ : १५ बजे

भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट