२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

गोरखामा बाटो नभएको ठाउँमा पुल बनाउने सचिवविरुद्ध मुद्धा दायर



काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिवसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ।

गोरखामा बाटो नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा प्रदेश सचिव ईश्वरचन्द्र मरहट्टासहित तीनका बिरुद्ध बिशेष अदालत काठमाडौंमा आरोप पत्र दर्ता गरिएको छ ।

अख्तियारका अनुसार गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध अन्तियारले बिशेष अदालत आरोपपत्र दायर गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट गोरखा नगरपालिका– ३ जरेवरस्थित दरौंदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर उनीहरुले राज्यको स्रोत दुरुपयोग गरेको आरोपपत्रमा उल्लेख छ

तत्कालीन सचिव मरहट्टाविरुद्ध पाँच करोड ४५ लाख बढी बिगो तोकिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ५ : २९ बजे

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको

विश्वकपअघि अमेरिकी भिसा नीति विवादमा, केही विदेशी अधिकारीलाई प्रवेश निषेध

वासिङ्टन । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

काठमाडौं । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ