६ भदौ २०८३, शनिबार | August 22, 2026

हिउँदयाम सकिएसँगै प्रि-मनसुन सुरु



काठमाडौं । हिउँदयाम सकिएसँगै देशभर प्रि-मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि-मनसुन तीन महिनासम्म रहनेछ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उनले बताए ।

प्रि-मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङ्का साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् । यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ ।

स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिए । उनका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौं, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो । यस वर्षको हिउँदमा उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १२ : ५४ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक

जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चल्यो

जनकपुरधाम । जनकपुरधामका गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : सुरुभयो मतदान

नेपालगन्ज । बाकेका उद्यागी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योय वाणिज्य

कसले थाम्ने नेपालगन्ज उद्योग वाणिज्य संघको विरासत !

नेपालगन्ज । सीमित अगुवा व्यापारीको बैठकीबाट सुरु भएको नेपालगन्ज उद्योग

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज