१९ माघ २०८२, सोमबार | February 2, 2026

मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाले गरे आत्महत्या



काठमाडौं । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन् ।

लामो समय देखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर तिर्न नसके पछि आत्महत्या गरेकाे पाइएको हाे ।

एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटर व्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् ।

करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको  ऋणले उनलाई मृत्युको बाटोमा पुञ्याएको आफन्तजनले बताएका छन् ।

तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ । साना साना तीन सन्तान रहेका तिमिल्सिनाको मृत्यु पछि अब ऋण दिने मिटरव्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ५१ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका