२९ मंसिर २०८२, सोमबार | December 15, 2025

छक्का पञ्जाका दिपकराज र छडकेका अनमोलकाे एक अर्कालाइ शुभकामना



काठमाडौं । नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशक बिच सद्यै लफडाबाजी चलिरहेको हुन्छ तर यसपटक आजबाट रिलिज हुन लागेको छक्कापञ्जा-४ र छडके-२ को रिलिजमा भने फरक दृश्य देखिएको छ ।

छक्कापञ्जा-४ र छडके-२ का कलाकारले एक अर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश दिएका छन । जो नेपाली सिने उद्योगमा बिरलै देखिने दृश्य मध्ये एक रहन पुगेको छ । फिल्म रिलिज हुन एक दिन अघि छक्कापञ्जाका दिपकराज गिरीले छडकेलाई शुभकामना दिए भने छडकेका अनमोल केसीले छक्कापञ्जा टिमलाई शुभकामन दिएका छन । बिहिवार साँझ दुवैले सामाजिक सञ्जालवाट शुभकामना दिए पछि धेरैले उनीहरु विश्वास र सम्मान प्रकट गरेका छन।

गिरी र अनमोल दुबैले दुबै फिल्मको पोस्टर पनि राखेर एक अर्को प्रति सम्मान प्रकट गरेका छन र दुबैले एक अर्कालाई शुभकामना पनि दिएका छन ।

अनमोलले छक्कापञ्जा टिमका लागि सामाजिक सञ्जालमा लेखेका छन्,

‘सानैदेखि मेरो यो मान्यता छ कि , नेपाली फिल्मी क्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो र यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो । साथै भोलि देखि तपाईहरु समक्ष प्रर्दशनमा आईरहेका दुई चलचित्रहरू छड्के २ र आदरणीय दाई दिदीहरुको छक्कापन्जा ४ लाई म मेन्डग र हाम्रो टिम छड्के २ को तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरहरूको साथ र आशिर्वाद नै हाम्रो लागी काम गर्ने प्रेरणा र उर्जाको श्रोत हो । 
जय छड्के !
जय छक्का पन्जा !
जय नेपाल ।

त्यस्तै, दीपकराज दुई फिल्मको भिडन्तको विषयलाई लिएर सामाजिक सञ्जालमा लेखेका छन, 

अब हाम्रो हातमा केही छैन हजूरहरूकै हातमा छ, 
भोलि (आज) देखि छड्के र छक्कापन्जा ४ प्रदर्शन हुदैछ, 
धेरैले किन जुधेको भनेर पनि सोधे, 
यो सॉढे होइन जुध्नलाई, यो फुटवल खेल पनि होइन एउटा टिम हार्ने र अर्को जित्ने,
यहाँ दूबै टिमले जित्न सक्छ,
प्यारो अनमोल भतिज लगायत सम्पूर्ण छड्के टिमलाइ शुभकामना
जय नेपाली चलचित्र !!

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ५३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले