७ आश्विन २०८३, बुधबार | September 23, 2026

धनुषामा ८ महिनाभित्र ६४५ फरार अभियुक्त पक्राउ



जनकपुर। धनुषा प्रहरीले  गत साउन देखी १८ फागुनसम्म ६ सय ४५ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एकैदिन विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या झन्डै सात सय पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा यती धेरै  संख्यामा फरार रहदैँ आएकाहरु पक्राउ परेका हुन । उनका अनुसार यसका लागि एक जना प्रहरी निरीक्षकको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली नै खटाइएको छ। उनका अनुसार बिभिन्न प्रहरी चौकीबाट पनि जनशक्ति परिचालन गरिएको छ ।

ुजिल्ला अदालतको फैसला कार्यान्वयन एकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेको छौं, उनले भने । उनका अनुसार धनुषामा दिनहुँजसो फरार प्रतिवादी पक्राउ परिरहेको छन् ।

यस अभियानअन्तर्गत चालू आर्थिक वर्षको साउन १ देखि फागुन १९ गतेसम्ममा ६४६ जना फरार प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ परेका प्रतिवादीमध्ये कैद सजाय तोकिएकालाई अदालतमा उपस्थित गराएर कारागार पठाइएको छ भने केही भने अनुसन्धानका शिलशिलामा पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको छ। प्रहरी नियन्त्रणमा राखिएकाले आवाश्यक कारबाही गरी छाडने र मुद्धा चलाउने कार्य गरिएको उनको भनाई छ ।

प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयबाट पनि फरार प्रतिवादीलाई खोजतलास गरी कारबाही चलाउन निर्देशन पछि सोही अनुसार कारबाही अभियान चलाईएको र सो अभियान अब पनि जारी रहने प्रहरी उपरीक्षक खडकाले जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  २ : ११ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११